अपडेट 
२०७७ असार १२, शुक्रबार ०९:२१

जनकपुरधाम । प्रदेश २ का विभिन्न पालिकाहरुमा बुधबार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८   नीति तथा कार्यक्रम पारित गर्दै बजेट समेत सार्वजनिक गरेको छ । विवाद भएको पालिकाहरु मा भने बुधबार सभा हुन सकेको छैन् । केहीमा विवाद भएपनि अधिकांश पालिकाले सभा सम्पन्न गरेको हो ।

असार १० गतेभित्र सबै पालिकाले सभा सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । धनुषाको लक्ष्मीनियाँ, औरही गाउँपालिकाले बुधबार गाउँसभा सम्पन्न गरेको छ । दुवै पालिकामा सौहाद्रपूणर् वातावरणमा सर्वसम्मतिले सभामा पेश गरिएको प्रस्तावहरुमा छलफल भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाको करिब ३५ करोडको बजेट अध्यक्ष विन्देश्वर यादवले सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै चालुतर्पm २४ करोड ९ लाख ५० हजार र पुजिगततर्पm १० करोड ५० लाख रहेको छ । गाउँसभामा उपाध्यक्ष इन्दिरा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादव लगायत वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस्तै, धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले ३७ करोड ५२ लाख ६९ हजारको बजेट सार्वजनिक गरेका छन् । सर्वसम्मतिले भएको गाउँसभामा आर्थिक वर्ष २०७७/०७८ को लागि पुजिगततर्पm १५ करोड ३ लाख ३३ हजार र चालुतर्पm २२ करोड ४९ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत संतोष शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, नगराइन नगरपालिकाको पनि बुधबार नगरसभा सम्पन्न भएको छ । नगराइन नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४९ करोड ४२ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्पm ११ करोड ९८ लाख ९३ हजार र पुजिगततर्पm ३७ करोड ४३ लाख २७ हजार रहेको छ ।

यस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पनि बुधबार नै नगरसभा सम्पन्न भएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले आर्थिक वर्ष २०७७/०७८ को लागि ५९ करोड ४३ लाख ३९ हजारको बजेट सार्वजनिक गरेका छन् ।

कमला नगरपालिकाले पनि आर्थिक वर्ष २०७७/०७८ को लागि ३२ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्पm ११ करोड ९० लाख र पुजिगततर्पm १५ करोड, विशेष अनुदान दुई करोड र समपुरक ३ करोड २० लाख रहेको छ । यस्तै हँसपुर नगरपालिकाले पनि बुधबार नै नगरसभा सम्पन्न गरेको छ ।

हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आर्थिक वर्ष २०७७/०७८ को लागि ९० करोड १६ लाख ७४ हजार चार सयको बजेट सार्वजनिक गरेका छन् । पुजिगततर्पm ६१ करोड ३१ लाख ३८ हजार र चालुतर्पm २८ करोड ८५ लाख ३५ हजार रहेको छ ।

यस्तै महोत्तरीको पिपरा गाउँपालिकाले पनि बुधबार नै गाउँसभा सम्पन्न गरेको छ । पिपरा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४७ करोड २१ लाख ५८ हजारकोबजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले सर्वसम्मतिबाट आउँदो आर्थिक वर्षको बजेट गाउँसभामा प्रस्तुत गरेका थिए । सौहार्दपूणर् वातावरणमा गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जनाए ।

यस्तै महोत्तरीको मटिहानी नगरपालिकाले पाँचौ नगर सभा बुधबा सम्पन्न गरेको छ । नगरसभामा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले आ.ब.२०७७/०७८ को अनुमानित ४१ करोड ८४ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । पाँचौ नगर सभामा मटिहानी नगरपालिकाका उपप्रमुख शिवो देवी साह, वडा अध्यक्षहरु शिवशंकर कुमार राय, जीतनारायण माझी, गणेश प्रसाद साह, आविद हुसैन लगायत कार्यपालिकाको सदस्यहरु बेचनी देवी मण्डल, सुनकोशी चौधरी नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रशेखर शर्मा लगायतको उपस्थिति थियो ।

यस्तै महोत्तरीको सोनमा गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ४३ करोडको बजेट सार्वजनिक गरेको छ । जसमा २१ करोड पुजिगत र ७ करोड चालु तथा १५ करोड सशर्त अनुदान रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवले जनाए ।

यस्तै महोत्तरी गाउँपालिकाले पनि बुधबार नै आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । महोत्तरी गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ३६ करोड २६ लाखको बजेट  सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविण कुमार झाले बताए ।

यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिकाको नगरसभा बुधवार उदघाटन भएको छ। कुल बजेट रु. ५४ करोड ९१ लाख १० हजार आ.व. ०७७/७८ का लागि नगर प्रमुख शैलेन्द्र कुमाार यादवले सार्वजनिक गरेकाा हुन् । जसमध्ये चालु तर्फ ४१ करोड ४२ लाख ४० हजार र पुजीगत तर्फ १३ करोड ४८ लाख ७० हजार सर्वसहमतीले नगर उपप्रमुख रिता शर्मााले प्रस्तुत गरेकी हुन् ।

Comment


Related News

Latest News

Trending News