अपडेट 
२०७७ असार १२, शुक्रबार ०९:०९

जनकपुरधाम । विदेशबाट विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने प्रावधानबिरुद्व जनकपुरधाममा निरन्तर प्रदर्शन जारी रहेको छ ।

बिहीबार पनि जनता समाजवादी पार्टीका प्रदेश सांसद, नेता÷कार्यकर्ताले बिहीबार स्थानीय जनक चोकमा नागरिकता विधेयकबिरुद्व प्रदर्शन गरेका छन् । सडकमै प्लेकोर्डसहित बसेका उक्त पार्टीका नेता÷कार्यकताए एवं सांसदले नागरिकता विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

जसपाका प्रदेश सांसद परमेश्वर साहले सबै त्याग गरेर आउने महिलालाई विभेद गर्न खोज्नु ठूलो अन्याय हुने बताए ।

सांसद साहले लकडाउनको समयमा सबै गलत काम गर्न नेकपा सरकार अगाडि बढिरहेको भन्दै कोरोना महामारीको समयमा जनताप्रति ध्यान दिनुपर्नेमा उक्साउने काम गरेको बताए ।

उनले नागरिकता विधेयक फिर्ता नलिएमा यसअघि भएका मधेश आन्दोलनभन्दा पनि सशक्त तरिकाले आन्दोलन थालिने बताए । ‘अहिलेको आन्दोलन टेलर मात्रै हो’ उनले भने, “२०६३ र २०७२ साल झैं आन्दोलन हुन सक्छ ।”

Comment


Related News

Latest News

Trending News