अपडेट 
२०७७ असार १२, शुक्रबार १६:५०

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित कटनियाँ खोलामा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीयवासीले एम्बुलेन्स ल्याउन र वर्षायाममा खोला वारपार गर्न सास्ती खेप्दै आएका थिए ।

स्थानीयवासी श्याम यादवले भन्नुभयो, “वर्षायाममा पानी परेपछि विद्यार्थीहरु विद्यालय जाँदैन थिए तर अब पुल बनेपछि त्यो समस्याको दीर्घकालीन रुपमै समाधान भएको छ ।”सखुवानन्कट्टी गाउँपालिका–३ सहित छिमेकी लक्ष्मीपुर पतारी, भगवानपुर र बरियारपट्टी गाउँपालिकाको केही गाउँलाई समेत जोडिने सो खोलामा पुल निर्माण भएपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी गाउँका करीब २५ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

“गाउँ नजीक मावि नहँुदा मावि मौवाहीमा पढ्ने नानीहरु विद्यालय पुग्न खोला तरेर मौवाही पुग्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “तर वर्षायामको समयमा बाढी आउँदा विद्यार्थीहरुलाई विद्यालय नै छुटाउनुपर्ने अवस्था थियो, अब यो समस्या आउँदैन ।”

हाट बजार, विद्यालय, स्वास्थ्य संस्था जस्ता आधारभूत आवश्यकताका लागि पनि लहान, महेशबारी, बरियापट्टीसम्म आउजाउ गर्नुपर्ने भएकाले कटनियाँ खोला तर्न स्थानीयवासीले ठूलै समस्या खेप्नु परिरहेको थियो । पुल बनेपछि गाउँलेलाई ठूलै राहत भएको स्थानीयवासी वीरेन्द्र गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनाई दिन धेरै ठाउँमा गुहारे तर कतै सुनुवाइ हुन सकेको थिएन, तर ढिलै भए पनि गाउँपालिकाले पुल निर्माण गरेपछि सुखी लागेको छ ।

गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत रु चार करोड ९१ को लागतमा खोलामा पुल निर्माण भएको कटनियाँ खोलामा पुल निर्माण गरिएको सखुवानन्कट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । उहाँले पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयवासीको अनुहारमा खुशियाली छाएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News