अपडेट 
२०७७ असार १३, शनिबार ०८:०९

जनकपुरधाम । सिके राउतनेतृत्वको जनमत पार्टीले विवाह गरेर आउने विदेशी महिलालाई सात बर्षपछि नागरिकता दिने प्रावधानबिरुद्व सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जनमत पार्टी धनुषाले शुक्रबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै यो नागरिकता विधेयकले मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम, अल्पसंख्यकसहितका उत्पीडित वर्गका जनताहरुको हितमा नरहेको जनाएको छ ।

यस्तो कानुन बनेपछि अल्पसंख्यकसहित उत्पीडित वर्गहरु अनागरिकको जीवन जिउन बाध्य हुने र दशकौदेखि समान अधिकारका लागि भएका आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम, अल्पसंख्यकसहितका उत्पीडितलाई अनागरिकत बनाउने लक्ष्य रहेकाले उक्त कार्य तत्काल रोक्न ज्ञापन मार्फत माग गरिएको छ ।

माग पूरा नगरिए कठोर आन्दोलन गर्न बाध्य हुने पार्टीका जिल्ला इन्जार्च एवं केन्द्रीय सदस्य अनिता साहले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News