अपडेट 
२०७७ असार १३, शनिबार ०८:२५

जनकपुरधाम । जनकपुरधामबाट हतियार लिएर बिक्री गर्न निस्किएका एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट उनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको जनक नन्दनी गाउँपालिका १ घर भई जनकपुरधाम उप महानगरपालिका १ बस्दै आएका १७ बर्षीय श्याम सहनी छन् ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सहनीसँग सोधपुछ गर्ने क्रममा ती हतियार जनकनन्दनी गाउँपालिका २ बल्हा बस्ने रामपृत सहनीले बिक्री गर्नको लागि दिएको बताएको प्रहरीको भनाई छ ।

उनको यस्तो बयानपछि प्रहरीले भारत तर्फ भाग्दै गरेका रामपृतलाई पनि पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । दुबैलाई धनुषा जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News