अपडेट 
२०७७ असार १३, शनिबार ०८:५८

काठमाण्डु ।कोरोना भाइरस संक्रमितको संख्या नेपालमा १२ हजार नजिक पुगेकोछ ।विगत २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै शुक्रवार दिउँसो सम्म देशभरि कोरोना भाइरस संक्रमितको संख्या ११हजार ७ सय ५५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

संक्रमितहरु मध्ये हाल सम्म २ हजार ६ सय ९८ जना निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार शुक्रवार एकजनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेकोछ ।मन्त्रालयका प्रवक्ता गौतमले थप ४८ जना निको भएको तथा १ जनाको मृत्यु भएको शुक्रवार पुष्टि गरेका छन् ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक संख्यामा कोरोना भाइरस(कोभिड–१९ )संक्रमित व्यक्ति रहेका छन् ।सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि संक्रमितहरुको संख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

बिहीवार विभिन्न जिल्लामा ४ सय ३४ जना र बुधवार ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।गत असार ४ गते एकै दिन सर्वाधिक ६सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोरोना भाइरसको (कोभिड–१९)संक्रमण पुष्टि भएकी मृतक दाङमा फेला परेकी थिइन् ।असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५÷३० वर्षीया ती महिलाको नाम र परिचय खुलेको छैन ।

मरणोपरान्त उनीबाट सङ्कलित नमुनाको परीक्षणगर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । परीक्षणको परिणाम शुक्रवार आएको उनले जनाए ।

मन्त्रालयको तथ्यांक अनुसार हाल सम्म रसुवाबाहेक देशका ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ३५ वटा स्वाबको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।योसँगै पीसीआर बिधिबाट हाल सम्म कुल २ लाख ६ हजार २ सय ७१ पुगेको मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको दाबी छ ।हाल देशभरि ७१ हजार भन्दा बढी मानिस क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

यसैगरि प्रदेश २ मा कोरोना भाइरस संक्रमित प्रदेशगत रुपमा सर्वाधिक रहेका छन् ।प्रदेश २ को समाजिक विकास मन्त्रालयले शुक्रवार जनाए अनुसार ३ हजार २ सय ९० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।ती मध्ये हाल सम्म २ जनाको मृत्यु भएकोछ ।

प्रदेश २ मा स्वाब संकलनमा शिथिलता आएकोछ ।पीसीआर टेस्टपनि कछुवागतिमा भइरहेकोछ ।विहिवार १ सय ५४ स्वाब संकलन भएको थियो ।शुक्रवार २ सय ३सय ३२ स्वाब संंंकलन भएकोछ ।अझै ५ हजार ४ सय ३८ स्वाब परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएकोछ ।

प्रदेश २ को क्वारेन्टाइनमा हाल ६ हजार ८ सय ५६ जना मात्र रहेका छन् ।तर होम क्वारेन्टाइनमा १८ हजार ३९ जना रहेको मन्त्रालयले जनाएकोछ ।आइसोलेशनमा ८ सय ४ जना रहेका छन् । क्वारेन्टाइन अस्तव्यस्त भएको र त्यहाँ बस्दा अन्य रोग लाग्दा समेत उपचार पाउने गरेका छैनन् ।उपचार नपाएकै कारण एकजना १६ वर्षिय दलित किसोर राजु सदाको मृत्यु भएको आरोप लागेकोछ ।

४ सय ५५ स्थानमा क्वारेन्टाइन खडा गरिएको र त्यसमा ३१ हजार १० बेड राखिएकोछ ।तर अन्य अधारभुत सुविधाहरु समेत उपलब्ध छैन् ।क्वारेन्टाइनमा ३ हप्ता सम्म बस्दा समेत पीसीआर परीक्षण नहुने गरेको, स्वाब लिएपनि रिर्पोटमा अत्यधिक ढिलाई हुने कारणले कोरोना भाइरसको संक्रमण झन फैलिएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News