अपडेट 
२०७७ असार १३, शनिबार ०९:५९

लालबाबु बानिया
पोखरिया ।
पर्साको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले शुक्रबार तीन लाख ५५ हजार नेपाली रुपैयाँसहित दुईजना लाई पक्राउ गरेको छ ।

पर्साको सिमावर्ती छिपहरमाईगाउँपालिका–३ बुढगाईबाट भारतको सिक्टा बजारबाट आलुको झोला लुकाई छिपाई नेपाली रुपैयाँ लिएर आई रहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले चेकजाँच गर्दा ३ लाख ५५ हजार नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले जनाए ।

बरामद भएको नेपाली नोटको स्रोत नखुलेको पराजुलीले जनाए । नेपाली रुपैयाँसहित पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नं २ चरगाहा निवासी३३ वर्षिय जगजय यादव र १९ वर्षिय रंजन बैठा रहेका छन् ।बिआर २२ भि ३८२५ नम्बरको भारतीय नम्बरको मोटरसाईकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको नगदसहित दुई जनालाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको छ । बरामद भएकोमा १०००, ५००, १००, ५०, २०, १० र ५ को नोट रहेको छ ।

Comment


Related News

Latest News

Trending News