अपडेट 
२०७७ असार १३, शनिबार ११:००

रञ्जन यादब
बारा ।
जीतपुर उपमहानगरपालिका वडा नं.७ मा प्रदेश सरकारको लगानीमा पर्यटन पुग्ने बाटोको निर्माण कार्य शुक्रबारबाट सुरु भएको छ ।

सड्कको शिलन्यास प्रदेश सभासद सुन्दर बिश्वकर्माले गर्नुभएको छ । प्रदेशको ससर्त पहिलो चरणमा ५० लाखको लागतमा सड्क कालोपत्रे गर्ने कार्य सुरु भएको छ । यसबाटोलाई जीतपुरसिमरा उपमहानगरपालिककाको लिँक रोड पनि भनिएको छ ।

बाटो जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरबाट सुरु भई वडा नं.६ नगौल ,वडा नं.३ बजनी र वडा नंं.२ सिमरा हुँदैँ पथलैया सम्म करिब १० करोडको लागतमा निर्माण गर्ने योजना राखिएको जीतपुर गा.बि.स.का निबर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिनुभयो ।

निर्माण समितीका अध्यक्ष राकेशभक्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरी ,वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ता ,वडा नंं.६ का क्यामुदिन अंसारी ,वडा नं.३ का वडाअध्यक्ष जगन्नाथ घिमिरे ,वडा नं.२ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ ,नेकपाका केन्द्रिय सदस्य दिनेस राई ,रेडियो अकाशबाणिका अध्यक्ष राजुराज गिरी ,जीतपुरसिमरा सार्बजनिक सरोकार समितीका संयोजक मनोज पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कालिका प्रसाद ढकालले गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News