अपडेट 
२०७७ असार १४, आईतवार ०८:२०

काठमाण्डु ।नेपालको ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिउँसो थव ५ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ । संक्रमित मध्ये १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र १ पुरुष रहेका छन् ।रसुवामा पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेपछि देशको सबै ७७वटै जिल्लामा संक्रमण फैलिएकोछ ।

हाल सम्म नेपालमा संक्रमितको कुल संख्या १२ हजार ३सय ९ पुगेको छ ।त्यस मध्ये १० हजार ९ सय ४० पुरुष र १ हजार ३ सय ६९ महिला रहेका छन् ।

प्रवक्ता डा.गौतमका अनुसार १८ महिला र १ सय १८ पुरुष समेत १ सय ३६ जना निको भएर घर फर्केसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ८ सय ३४ पुगेको छ । गौतमका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको गौतमले जनाए ।

पीसीआर विधिबाट ४ हजार ६ सय ६ गरी हाल सम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको प्रवक्ता गौतमले जनाए । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको उनले बताए ।

हाल आइसोलेसनमा ९ हजार ४ सय ४७ जना र क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेको डा.गौतमले जनाए ।


यसैगरि प्रदेश २ को क्वारेन्टाइनमा अब ६ हजार ६ सय ६७ जना र होम क्वारेन्टाइनमा १७ हजार ४ सय १९ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।हाल सम्म ४२ हजार ६ स्वाब संकलन गरिएकोमा ४ हजार २ सय ८३ को रिर्पोट आउन बाँकी छ ।

मन्त्रालयका अनुसार हाल सम्म ३ हजार ३ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ ।देशमै सबै भन्दा बढी कोरोना संक्रमित भेंटिएको प्रदेश २ मा स्वाब संकलनलाई तिव्रता दिइएको छैन् ।शनिवारपनि सर्लाही, रौतहट र बारा जिल्लामा स्वाब संकलन भएको छैन् ।

सप्तरीमा १सय ७७, सिरहामा १ सय ८, धनुषामा ६३, महोत्तरीमा २७ र पर्सा जिल्लामा १ सय ७ स्वाब मात्र संकलन भएको मन्त्रालयले जनाएकोछ ।जिल्लागत रुपमा प्रदेश २ को सर्वाधिक संक्रमित रौतहटमा १ हजार १ सय ७५ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News