अपडेट 
२०७७ असार १४, आईतवार १३:२९

सम्पादकीय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल र भारतबीच सदियौंदेखि रहेको खुल्ला सीमामा तारवार लगाउने विषयमा छलफल भइरहेकोछ ।नेपाल र भारतबीचको खुल्ला सीमा संसारमै अनुकरणीय रहेकोछ ।सीमामा अबैध धन्धा नियन्त्रण गर्न दुवै देशले सशस्त्र प्रहरी बल तैनाथ गरेका छन् ।नेपाल र भारतको खुल्ला सीमा भएपनि सीमाको रक्षार्थ सुरक्षाकर्मी खटेको छैन् ।

दुवै देशको विश्वासमा सीमा कतैबाट नमिचिने विश्वास रहँदै आएकोछ ।कहिले काहीँ सीमामा समान्य विवाद हुने गरेपनि त्यो दुवै देशका स्थानीय बासिन्दा र प्रहरी प्रशासनको सकृयतामै तत्काल नै समाधान हुने गरेकोछ ।नेपाल र भारतबीच झण्डै १ हजार ६ सय किलोमिटर लामो सीमा जोडिएकोछ ।

नेपालसित सीमा जोडिएको कारण दुवै तर्फको बजारपनि एकअर्काे देशप्रति आश्रित छ ।आवश्यक मालवस्तु लिन नेपालीहरु निर्वाध रुपमा भारत तर्फ जाने गर्छन् ।भारतीयहरुपनि नेपालमा त्यसरि नै आउने गरेका छन् ।नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक भन्दा धेरै प्रगाढ जनजनबीचको सम्बन्ध हो ।दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाहरु बीच बेटी रोटी, जग्गाजमिन, समाजिक, धार्मिक, सांस्कृतिक, भाषिक सम्बन्ध छ ।

नेपालीहरुको जग्गा भारतमा र केहि भारतीयहरुको जग्गापनि नेपालमा छ ।दुवै देशबीचको प्रगाढ सम्बन्ध नेपालको शासक नेकपाका नेताहरुलाई अपच्य भएकोछ ।उनीहरुले नेपाल र भारतका जनताबीचको सम्बन्धलाई तोड्न अनेक बितण्डा गर्न थालेका छन् ।नेपालको सरकारले दुई देशबीचको बेटी रोटीको सम्बन्धलाई तोड्न नेपालको नागरिकता सम्बन्धी ऐनमा विभेदकारी संशोधन गर्न थालेकोछ ।

नेपाली पुरुषसित बिबाह गर्ने विदेशी महिलालाई हाल केहि प्रकृया पुरागरि तत्कालै नागरिकता दिने गरिएकोछ ।तर अब सरकारले त्यो ऐनलाई संशोधनगरि नेपाली पुरुषसित बिबाह गर्ने विदेशी महिला ७ वर्ष सम्म निरन्तर नेपालमा बसोबास गरे मात्र बैबाहिक अंगीकृत नागरिकता पाउने छन् ।त्यो नागरिकता प्राप्त गरेपनि १० वटा विशिष्ट पदमा जान पाइने छैन् ।त्यो प्रावधान नराख्न विपक्षी दल जनता समाजवादी पार्टी(जसपा)ले देश व्यापी बिरोध प्रदर्शनको तयारी गरेकोछ ।

नेपाली काँग्रेसपनि ७ वर्षे प्रावधान विभेदकारी भएको बताउँदै बिरोधमा प्रदर्शन थालिसकेकोछ ।त्यो सच्चयाउने भन्दा सरकार झन अब सीमामा तारबार लगाउने संकेत दिएकोछ ।चीनको अनुशरणगर्दै सत्तारुढ दल नेकपाले अर्को छिमेकी भारतसितको रामायणकालिन मधुर सम्बन्धलाई बिगार्न उद्यत छ ।चीनपनि छिमेकी हो ।तर उ सित राजनीतिक र व्यवसायिक बाहेक अन्य सम्बन्ध छैन् ।

तर भारतसित राजनीतिक, व्यवसायिक, समाजिक, सांस्कृतिक, भाषिक, भेषभुषा, रोटीबेटी, धार्मिक सम्बन्ध प्राचिनकालदेखि रहँदै आएकोछ ।त्यो नेकपाको सरकारलाई मान्य छैन् ।सीमामा तारवार लगाएर नेपालले भारतलाई के संदेश दिन खोजेको छ ?भारतसित नेपालले संवादबाट हरेक समस्याको समाधान खोज्नुपर्छ ।नेपाल र भारतबीच सदियौं पुरानो सम्बन्धलाई बिगार्ने अधिकार सरकारलाई छैन् ।जनस्तरमा रहेको सम्बन्धलाई सरकारले बिगार्ने प्रयासगर्दा त्यो लाभकारी हुन सक्दैन् ।

Comment


Related News

Latest News

Trending News