अपडेट 
२०७७ असार १५, सोमबार १२:४५

राकेश यादव
रौतहट ।
जिल्लाको दुइ स्थानीय तह शील गरिएको छ । कोरोना भाइरसको संक्रमण स्थानीय स्तरमा फैलिए पछि दुवै स्थानीय तह सील गरिएको हो ।

स्थानीय ईशनाथ नगरपालिका र बौधिमाई नगरपालिका आइतवार राति १२ बजे देखि सील गरिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । भारतको विभिन्न ठाउ कोलकत्ता ,दिल्ली , मुम्बई , पंजाब , गुजरातबाट नेपाल आएकाहरुमा कोभीड़ १९ को संक्रमण देखिए पनि पछिल्लो समय स्थानीयमा संक्रमण फैलिएको पुस्टि भए पछि नगरपालिका सील गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ ।

संक्रमण रोकथाम नियंत्रणको लागि दुवै स्थानीय तह सील गरिएको हो । बौधिमाई नगरपालिकामा कार्यरत स्वास्थ्य कर्मी ,स्वीपर लगायत १० जना तथा ईशनाथ नगरपालिकामा एक जना स्थानीयमा संक्रमण पुस्टि भएको छ । गौर नगरपालिका वड़ा नम्बर ५ मा २ जना स्थानीयमा कोरोना संक्रमण पुस्टि भएपनि गौरलाइ सील गरिएको छैन ।

रौतहटमा कोरोना भाइरसको संक्रमित प्रति दिन बढ्दै गएपनि बाजार पूर्ण रुपमा खुल्ला गरिएको छ । मास्क प्रयोगमा न्यून देखिएको छ । समुदायमा कोरोना भाइरसको संक्रमण फैली सकेको अवस्थामा स्थानीय प्रसाशन गंभीर भएको देखिएको छैन ।

कोभीड़ १९ को संक्रमणको उच्च जोखिममा रहेको रौतहटमा संक्रमण न्यूनीकरण गर्न स्थानीय प्रसाशनको भूमिका गैर जिम्मेवारीपन देखिएको छ । भीड़ भाड़ नगर्नु पर्ने ठाउमा भीड़भाड़ भैरहेकोले भाइरसको संक्रमण तीव्र रुपमा फैलन सकिने जोखिम बढेको छ ।

जिल्लाको सदरमुकामको रुपमा रहेको गौर बाजारमा सतर्कता न्यून देखिएको छ । नेपाल सरकारले उच्च जोखिममा रहेको जिल्लामा आवश्यक सतर्कता अपनाउनु पर्ने निर्देशन दिए पनि पलना गर्ने निकायको उदासीनताले सामाजिक दुरीको धज्जिया उड़ाइएको छ । संक्रमण रोक्नको लागि कम्तिमा २ मीटरको दुरी कायम गर्नु पर्ने , मास्क लगाउनु पर्ने , बाध्यता रहेकोले सोको धज्जिया उड़ाइए पनि प्रहरी प्रसाशन कुनै उत्सुकता देखाइएको छैन ।

रौतहटमा बाजारहरु पहिलाको जस्तै पूर्ण रुपमा सञ्चालनमा आएकोले भाइरसको संक्रमणको भय स्थानीयमा न्यून रुपमा देखिएको छ । बाजारमा आउने सेवाग्राहीहरुले विना मास्क लगाएर निर्वाध रुपमा आवागमन , खरीद विक्री गरिरहेको छ ।


महामारीको रुपमा विश्वभरि फैलिएको कोरोना भाइरसको कारण लाखौ व्यक्तिको मृत्यु हुनुको साथै १ करोड़को करीवमा संक्रमित भइसकेको अवस्थामा नेपालमा भाइरस बाट कुनै किसिमको त्रासको अनुभव गंभीरता पूर्वक लिएको छैन । विबाह पनि हर्सोल्लासका साथ हुने गरेको देखिएको छ । लकडाउन खुकुलो भए सँगै संक्रमणको अवस्था गंभीर र दिन दिनै बढ्दै गइरहेकोले सतर्कता जरुरी रहेको छ ।

कोरोना भाइरसको प्रभावको कारण विद्यालयहरु बंद भएर विद्यार्थीहरु पठन पठन अवरुद्ध भएको अवस्थामा जिल्लामा बाजार पूर्ण रुपमा खुल्ला गरिएकोले विद्यालयहरु सञ्चालनमा ल्याउनु पर्ने अभिभावकहरु मांग रहेको छ । सवै कार्यहरु साविकको जस्तो सुचारु भइसकेकोले विद्यालयहरु सञ्चालन किन नगर्ने भनी अभिभावकहरुको प्रश्न रहेको छ । जिल्ला प्रसाशन कार्यलय रौतहटले पटक पटक सुचना जारी गर्दा पनि त्यों सुचनाको कसैले मान्यता दिएको छैन।

जोर विजोर निजी सवारी साधन प्रयोग गर्नु पर्ने , गैर अतिआवशयक पसल बन्द गर्नु पर्ने सुचना जारी गर्दा पनि त्यसको पालना कसैले गरेको छैन । अति आवशयक पसल बाहेक होटल , का‘स्मेटिक , इलेक्ट्रा‘निक्स लगायतका पसलहरु सञ्चालनमा रहेको छ । सार्वजानिक यातायातका सवारी साधन भने सञ्चालनमा आएका छैन ।

Comment


Related News

Latest News

Trending News