अपडेट 
२०७७ असार १६, मंगलवार ०८:०२

जनकपुरधाम ।प्रदेश २ मा कोरोना भाइरस(कोभीड–१९)को संक्रमण परीक्षण गर्न आरटी पीसीआर मेसिन थपिएपनि टेस्टमा व्यापक कमि आएकोछ ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार सोमवार जम्मा ३ सय ४५ स्वाब संकलन भएकोछ ।धनुषामा ६३, सर्लाहीमा १ सय ७१, बारामा ३४ र पर्सामा ७७ स्वाब संकलन गरिएकोछ ।मन्त्रालयका अनुसार सप्तरी, सिरहा, महोत्तरी र रौतहटमा स्वाब संकलन भएको छैन् ।

मन्त्रालयका अनुसार हाल सम्म संकलन गरिएको ४२ हजार ५ सय ६२ स्वाब मध्ये३ हजार ४ सय १३को नतिजा आउन अझै बाँकी नै छ ।

प्रदेश गत रुपमा देशमै सर्वाधिक कोरोना भाइरस संक्रमित प्रदेश २ मा ३ हजार ३ सय ८९ जना रहेका छन् ।त्यस मध्ये ३ हजार १ सय ८२ पुरुष र २ सय ७ महिला रहेका छन् ।

प्रदेश २ को नारायणी अस्पतालमा २ वटा पीसीआर मेसिन सञ्चालनमा छन् ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा एउटा र सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एउटागरि ४ वटा आरटी पीसीआर मेसिन सञ्चालनमा रहेका छन् ।

प्राविधिकहरुका अनसार दैनिक डेढ हजारको हराहारीमा स्वाब टेस्ट हुुनुपर्ने हो ।तर किट लगायतका आवश्यक केमिकलहरुको अभावमा परीक्षण प्रभावित भएकोछ ।

Comment


Related News

Latest News

Trending News