अपडेट 
२०७७ असार १६, मंगलवार ११:३७

मलगंवा । स्मार्ट सिटी बनाउने योजना रहेको सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका भित्री सडकहरुमा सामान्य पानी पर्दा पनि हिंडडुल गर्न समस्या हुनेगरेको छ ।

मलंगवा नगरपालिकाका अवस्था अहिले दयनीय बनेको छ । उक्त टोलमा जनप्रतिनिधि द्वारा सडक निर्माणमा भएको लापरबाही तथा आधा अधुरा कामका कारण सामान्य पानी पर्दा पनि सडकका खाल्डा खुल्डीमा पानी जमेर पोखरी जस्तो बनेको छ भने ८० प्रतिशत जति सडक हिलाम्मे भएका छन् ।

सडकमा जमेको पानी र हिलोका कारण घरबाट बाहिर निस्कन समेत समस्या भएको स्थानीय टोलबासीहरुले गुनासो गरेका छन् । घर अगाडीको सडक हिलाम्मे भएकोले पानी पर्न सुरु भएको दिनदेखिनै घरबाहिर निस्कन नपाएको स्थानीयले बताए ।

बासी एवं स्थानीय समाजसेवी चन्देश्वर रायका अनुसार इस्टिमेट तथा योजना अनुसार समयमै स्तरीय सडक नबन्दा यस्तो समस्या आएको हो । सडक र नाला निर्माणका लागि खर्च भएको स्थानीय तहको ठूलो धनराशि ।बालुवामा पानी’भएको छ,रायले भने ।

यस सडकहरूमा जमेको पानी,खाल्डा खुल्डी र हिलोका कारण मोटरसाइकल र साइकल मात्र नभइ पैदल समेत हिड्न गा¥हो भएको रायले बताए निर्माणाधिन सडकमा अनियमितता भईरहेको तथा योजना र इस्टिमेट अनुसारको कार्य नभएकोले पटकपटक ठेकेदारलाई भन्दा पनि कुनै सुनवाई नगरेपछि बाध्य भएर नगरपालिकाका कार्यकारी अधिकृतलाई समेत पटकपटक टेलिफोन मार्फत जानकारी गराइ सक्दा पनि अहिले सम्म कुनै किसिमको सुनवाई नभएको रायले बताए ।

उक्त सडकको छेउमा बनेको नालामा समेत कमसल निर्माण सामाग्रीको प्रयोग गरिएको उनको आरोप छ जिल्लामा विकास बजेटको सबैभन्दा बढी रकम सडक मर्मत र विस्तारको नाममा खर्च भएको देखिन्छ । तर मलंगवामा मात्र नभइ जिल्लाभरका कुनै पनि सडक हिँडन लायकका छैनन् नगरभित्रका हिलाम्मे सडक सवैजसो निर्माणाधीन अवस्थाका छन् ।

राज्य होस वा स्थानिय नेता अवसर हेरेर यिनै सडकलाई चुनावी मुद्दा बनाउँछन्, भोट माग्छन्, । जितेर पनि जान्छन तर पनि उनीहरू जनताको भावनासँग खेलवाड गर्दै आएका छन्’ आफ्नो घर अगाडिको हिलाम्मे सडक देखाउँदै स्थानीय टोलबासी चन्दा चौधरीले आक्रोश पोखिन् ।

Comment


Related News

Latest News

Trending News