अपडेट 
२०७७ असार १६, मंगलवार १७:०२

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)स्थित सुरक्षा निकायलाई जिल्लामा हुन सक्ने सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)बाट प्राप्त सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी र सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक भरत खनियाँलाई मोटरबोट एकएक थान, लाइफ ज्याकेट चारचार थान, सर्च लाइट एकएक थान र थ्रो ब्याग दुईदुई थान हस्तान्तरण गर्नुभयो ।

प्रजिअ पाठकले विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले यस्ता सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।

Comment


Related News

Latest News

Trending News