अपडेट 
२०७७ असार १६, मंगलवार १७:२६

काठमाण्डू । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका छन्।

आफ्नो धारणा राख्ने क्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने कुरा के हो भन्ने सोधेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपालको भूमि समेटिएको नक्सा सार्वजनिक भएपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार आज धारणा राख्ने नेताहरुले भारतले नेपालको प्रधानमन्त्री हटाउने भन्ने कुरा गम्भीर रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका थिए ।

तीन नेताले धारणा राखेपछि बैठकमा खाजा ब्रेक भएको छ । ब्रेकपछि बैठक पुन: बस्ने छ । यसअघि स्थायी कमिटीको दोस्रो बैठकमा सहभागी नभएका प्रधानमन्त्री तेस्रो बैठकमा एकछिन सहभागी भएर बाहिरिएका थिए ।

आजको बैठकमा भने प्रधानमन्त्री ओली सुरुदेखि नै सहभागी छन् ।

Comment


Related News

Latest News

Trending News