अपडेट 
२०७७ असार १७, बुधबार ०८:४६

जनकपुरधाम ।संघीय संसदमा प्रस्तुत भएको विभेदकारी नागरिकता विधेयकलाई फिर्ता लिन मागगर्दै जनता समाजवादी पार्टी(जसपा)ले मंगलवार गरेको प्रदर्शनमा प्रदेश २ का मन्त्रीहरु सहभागि भए ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामको जनक चोकबाट निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमागर्दै संघीय सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।प्रदेशका मन्त्रीहरुको सहभागिता रहेको जुलुसमा संघीय सांसद, प्रदेश सभासद, पालिकाका प्रमुख र अध्यक्ष लगायतका जनप्रतिनिधिहरु समेत दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव , भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सहभागी सहभागि थिए ।जुलुसमा मन्त्रीहरु समेत सहभागि भएपनि भाषण उनीहरुले गरेनन् ।

जनक चोकको कोणसभामा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद रामाशिष यादव, परमेश्वर साह, जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साहसहितले नागरिकता विधेयकमा नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नहटाए सम्म आन्दोलन जारी रहने बताए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री गृह जिल्ला सिरहाको बिरोध प्रदर्शनमा सहभागि भए ।जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सो जुलुसले नगरपरिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

त्यसैगरि प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह आफ्नो गृह जिल्ला सप्तरीमा आयोजित प्रदर्शनमा सहभागी भए ।

सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टीद्वारा निकालिएको विरोधमा सहभागिता जनाउँदै मन्त्री साहले स्थानीय जनआन्दोलन चोकमा आयोजित कोणसभामा भाषण समेत दिए । साहले नागरिकता विधेयक नसच्चिए सम्म आन्दोलन सशक्त रुपमा अगाडी बढने बताए ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको नागरिकता संशोधन विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसित बिबाहगरि निरन्तर ७ वर्ष सम्म नेपालमा बसोबास गरे मात्र बैबाहिक अंगीकृत नागरिकता पाउने प्रावधान छ ।अंगीकृत नागरिकले देशको १० प्रकारको पद र सेवामा जान नपाउने संवैधानिक व्यवस्थाछ ।

नागरिकता विधेयकविरुद्व जसपाले जिल्लास्तरमा बिरोध कार्यक्रमगर्दै आएका थिए ।मंगलवार देशव्यापी रुपमा बिरोध प्रदर्शन गरिएको पार्टीले दावी गरेकोछ ।

नागरिकता विधेयकको बिरोधमा नेपाली काँग्रेस र जनमत पार्टी(सीके राउत)लेपनि सडकमा बिरोध गर्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News