अपडेट 
२०७७ असार १७, बुधबार १४:४९

तुलसीपुर। दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News