अपडेट 
२०७७ असार १८, बिहीबार १०:१६

जनकपुरधाम । जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत क्षीरेश्वरनाथ नगरपालिकाको हरैयास्थित बुधबार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।

महेन्द्रनगरबाट जनकपुरतर्फ गईरहेको ज३प ७०४२ नम्बरको मोटरसाईकल क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयास्थित औषधी उद्योग अगाडी दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका वडा नं. २० देवपुरा बस्ने नबल किशोर ठाकुरको छोरा अन्दाजी वर्ष २५ का विजय कुमार शार्माको उपचारको लागी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यू भएको छ भने पछाडी बस्ने उनकै आमा अन्दाजी वर्ष ४० की धर्मवती देवीको घटना स्थलमै मृत्यू भएको धनुषा प्रहरीले जनाएको छ ।

दुबैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ

Comment


Related News

Latest News

Trending News