अपडेट 
२०७७ असार १८, बिहीबार ११:०३

राकेश यादव
रौतहट
। जिल्लाको राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु सिहले नगर प्रमुख धिरेन्द्र कुमार सिहंको कार्यकक्षमा लगाइएको ताल्चा फुटाएका छन । नगर प्रमुख बाहिर भएको बेला कार्यकक्षमा लगाइएको ताला उपप््रामुख सिंहले मंगलवार कार्यपालिकाका अन्य सदस्यहरुको सहभागीता र नेपाल प्रहरीको प्रत्यक्ष रोहबरमा तोडेर कार्यकक्षमा प्रवेश गरेको समाजिक संजालमा सार्वजनिक भएको भिडियोबाट देखिएको हो ।

हातमा ढुगां लिएर नगर प्रमुखको चेम्बरको गेटमा पुगेकी उपप्रमुख सिहंले आफैले ताल्चा माथि प्रहार गर्दा फुटन नसके पछि राजदेवी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पुलिन्द्र दासलाई ताला तोडन ढुगां दिइएको भिडियोमा देखिएको छ । उपप्रमुख सिहले सिसि कैमराको फुटेज चेक गर्नुपर्ने र कार्यपालिकाको बैठक बस्नु पर्ने भएकोले ताल्चा फोडन लागेको प्रतिकृया दिएको छ ।

१९ जना कार्यपालिका सदस्य मध्ये १४ जना बहुमत सदस्यले अषाढ १६ गतेका दिन बैठक डाकिएकोमा सहभागी हुन आएका सदस्यहरु बस्ने बैठक कक्ष समेत मेयर सिहंको कार्यकक्ष रहेकोले साचो नदिएको कारण बाध्यतावस ताल्चा तोडेको उहाको कथन रहेको छ ।

पछिल्लो समय राजनितिक हिसावले विरोध गर्दै आएकी उपप्रमुख सिहले यता केही दिन देखि आक्रमक रुपमा प्रस्तुत हुदै आफनो मर्यादा र अधिकार भन्दा बाहिर गएर कार्य गर्न लागेको हो । राजनितिक स्वार्थ तथा आर्थिक लाभ भए सम्म नगर प्रमुखको समर्थन गर्दै आएकी उपप्रमुखले बजेट नदिए पछि मेयरको विरुद्ध खनिएकी हुन ।

कम विशेषले बाहिर गएको बेला कुनै जानकारी नदिइकन मेरो कार्यकक्षको ताल्चा तोडेर उपप्रमुखले उदण्डताको परिचय दिएको नगर प्रमुख धिरेन्द्र कुमार सिहले आरोप लगाउनु भएको छ ।

बुधवार नगर प्रमुख सिंहले प्रेस विज्ञप्ति जारी गर्दै नगर उपप्रमुखको कार्य अलोकतांत्रिक र कानून विपरीत रहेकोले कÞानूनी कार्यवाही गर्नु पर्ने मांग गरेका हुन । संचारकर्मी सित संक्षिप्त कुरा गर्दै नगरप्रमुख सिंहले आफ्नो दायित्व पूरा नगर्ने उपप्रमुखले पार्टीको बहुमतको निहुमा पटक पटक अमर्यादित कार्य गर्दै आएकोमा यस पाली कुनै पनि हालतमा नछोड़ने कÞानूनी कार्यवाही गरेर छाड्ने उद्घोष गरेका छन ।

नगर प्रमुख सिंहले मेरो कार्यकक्षमा रहेका सामान र महत्वपूर्ण कागजपत्र लुटिलागेको दावी समेत गरेको छ । अधिवेशन हुनु भन्दा पहिला योजना तर्जुमा , राजश्व बाड़फाड़ समिति र बजेट निर्धरण समितिको बैठक सक्नु पर्ने प्रावधान रहेकोमा उपप्रमुखले निर्धारित समयमा आफ्नो कर्त्वय र दायित्व पूरा नगरेको कारण तोकिएको समय आषाढ़ १० गते नगर सभा अधिवेशन हुन नपाएको आरोप समेत लगाए ।

नगर प्रमुख सिंहले बस्ती स्तरबाट योजना तर्जुमा भई आए पछि उपमेयरको संयोजकत्वमा भएको समितिले आफ्नो प्रक्रिया पूरा गरे पछि नगर अधिवेशनको बैठक आव्हान गर्नु पर्ने स्थानीय सरकार सञ्चालन येनले व्यवस्था गरेको खण्डमा आफ्नो जिम्मेवारी निर्वाह नगर्ने र बहुमतको धाक देखाउने गरेको टिपण्णी गरे ।

संविधानले दिइएको अधिकार काम कार्यवाही गर्न नसकेको उल्लेख गर्दै प्रमुख सिंहले ताल्चा तोड़ने कार्य गर्ने लाइ कार्यवाही गरिने दृढ़ता जनाए । उपप्रमुख सिंहले यस अघि निमित प्रमुख प्रशासकीय अधिकृत संजय कुमार पाण्डेयको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यव्हार गरेको , योजना शाखामा प्रवेश गरी महत्वपूर्ण कागजपत्र लागिनुको साथै कार्यालयको ना १ ब ३६५८ नम्बरको मोटर साइकल लूटी लागेको मेयर सिंहले आरोप लगाएको छ ।

Comment


Related News

Latest News

Trending News