अपडेट 
२०७७ असार १९, शुक्रबार ०९:३१

जनकपुरधाम । रौतहटका सांसद आफताव आलमको निर्देशनमा ज्यूँदै रहेका मान्छेलाई इँटा भट्टाको चिम्नीमा ज्यूँदै जलाउने थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको विशेष व्यूरो टोलीले रौतहटको राजपुर नगरपालिका ६ बस्ने ३४ बर्षीय शेष सरोज भनिने शेष सराजलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रबक्ता मकेन्द्र मिश्रका अनुसार उनलाई नेपाल भारत सिमावर्ती क्षेत्र अन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको छ ।

श्रीनारायण राजपुतको जाहेरीले नेपाल सरकार बादी रहेको कर्तव्य ज्यान मार्ने मुद्दामा उनलाई पक्राउ गरिएको छ । पक्राउ परेका सराजले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २÷३ जना र घाइते भएका १६ जना जतिलाई बोरामा राखी ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा जलाएको बयान दिएको प्रहरीले जनाएको छ ।

रौतहटको राजपुर फरहदवा गाविस ४ (हाल राजपुर नगरपालिका ४) स्थित शेख इद्रिसको गोठघरमा चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी धाँधली गरी चुनाव जित्नका लागि आफताव आलमले चैत २७ गते बिष्फोटक पदार्थ स्टोर गरी बम बनाउन लगाएका थिए । त्यस क्रममा क्रममा बिष्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह समेत १५÷१६ जना घाइते र २÷३ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

उक्त घट्नामा आफताव आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाउने बाराको सिम्रौनगढ नगरपालिका ४ (साविकको हरिपुर गाविस ४) निवासी ५५ बर्षीय मुक्ति शाहलाई प्रहरीले २४ जेठमै पक्राउ गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News