अपडेट 
२०७७ असार २०, शनिबार ०९:५४

काठमाण्डु । नेपालमा हाल सम्मकै सर्वाधिक एकै दिनमा ७ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार जनाएकोछ ।

कोरोना भाइरस संक्रमितको संख्या एकै दिन बढेको यो हाल सम्मको उच्च संख्या हो । शुक्रवार दिउँसो सम्म देशभरि पुष्टि भएका संक्रमितकोे कुल संख्या १५ हजार २ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

डा.गौतमका अनुसार संक्रमित १५ हजार २ सय ५९ मध्ये ६ हजार १ सय ४३ जना निको भएर घर फर्किसकेका छन् । हाल सम्म ३२ जनाको मृत्यु भएको गौतमले जनाए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रवार दिउँसो सम्म ८ सय २३ जना संक्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् । असार १७ विहिवार मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ मन्त्रालयले जनाएकोछ ।

अहिलेसम्म प्रदेश नम्बर २, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका व्यक्तिको संख्या सर्वाधिक रहेको मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।कर्णाली प्रदेशमा पनि संक्रमितको संख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

मन्त्रालयको अनुसार बिहीवार ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यो दिन सर्वाधिक ६ सय ६४ जना भाइरसमुक्त भएर घर फर्केका थिए ।त्यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार असार १७ गते राति काठमाण्डूको एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको छ ।उनी नयाँबानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए । ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए ।छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् । उनीहरू विभिन्न उमेर समूहका भएपनि युवाको बाहुल्य छ ।नेपालमा १८ वर्ष मुनीका किसोर र ९ वर्ष भन्दा मुनीका बालबालिकाहरुमा पनि संक्रमितको संख्या उल्लेख्य रहेकोछ । पछिल्लो पटक पुष्टि भएका कुल ७ सय ४० जनामध्ये १ सय ३४ महिला र ६ सय ६ महिला छन् ।मन्त्रालयका अछाम जिल्लामा सर्वाधिक २ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।यो तथ्यांकको अधारमा नेपालमा प्रति घण्टा कोरोना भाइरसको संक्रमित ३१ जनाको हराहारीमा बढिरहेका छन् ।पीसीआर टेस्टको क्रम बढे संक्रमितको संख्या अझ बढने आशंका गरिएकोछ ।

त्यसैगरी बाजुरामा ५३, कैलालीमा ५१ , कञ्चनपुरमा ४३, बैतडीमा ३२, डडेलधुरामा २८, डोटीमा २४ र सिरहामा २४ संक्रमित फेला परेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार हाल सम्म देशको सबै ७७ वटा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) पुगिसकेको छ । आइसोलेशनमा भएका संक्रमितको संख्या ९ हजार ८४ छ ।महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा संक्रमितको कुल संख्या ५ सय नाघेको छ ।

निको भएकाबाहेक अहिले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक २ हजार ८ सय ४९ संक्रमित छन् । प्रदेश नं ५ मा २ हजार १ सय ५७ र प्रदेश नं २ मा २ हजार १ सय २४ जना छन् ।विभिन्न जिल्लामा ३५ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको प्रवक्ता गौतमले जनाए । उनका अनुसार शुक्रवारबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ ।

अब क्यान्सर तथा मधुमेह भएका बिरामी, इमर्जेन्सीमा आउने बिरामी, आईसीयूमा भर्ना भएका बिरामी, पकेट एरियामा बस्ने मानिस र स्वास्थ्यकर्मीहरूमापनि कोरोना भाइरसको पीसीआर टेस्ट हुने उनले बताए ।मन्त्रालयका अनुसार शुक्रवार दिउँसो सम्म २४ घण्टामा ४ हजार ४ सय ८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।योसँगै पीसीआर बिधिबाट हाल सम्म २ लाख ४२ हजार २ सय ४७ पुगेको छ ।तर परीक्षणको गति सुस्त रहेको आरोप स्वास्थ्य मन्त्रालयमाथि लाग्दै आएकोछ ।

Comment


Related News

Latest News

Trending News