अपडेट 
२०७७ असार २०, शनिबार १४:१३

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बाग्मतिमा कालोपत्रे सडकको उद्घाटन गरिएको छ ।
रौतहट क्षेत्र न.४ (क) का प्रदेश सभा सदस्य धनलाल ठोकरद्वारा शनिबार निर्माण सम्पन्न गरिएको कालोपत्रे सडकको उद्घाटन गरिएको हो । बाग्मतिको मुख्य चोक देखि नहर छुदै राई गाँउ जाने मुख्यमार्ग सम्मको कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको छ ।
क्षेत्र विकास कार्याक्रम अन्र्तगत सो सडक निमार्ण कार्य सम्पन्न गरिएको प्रदेश सभा सदस्य ठोकरले जानकारी दिए । उनले, पचास लाख विनियोजित रकमबाट ३ सय ५० मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको बताए ।


विकासको मुख्य मेरुदण्ड सडकको पर्ने भएकोले आफनो क्षेत्रमा आफुले सडकको कार्यलाई बढि जोड दिएको ठोकरले बताए । आगामी बजेटमा आफनो क्षेत्रका सम्पुर्ण मुख्य मार्गका सडकहरुको लागि बजेट बिनियोजन गरेर कालोपत्रे गर्ने प्रतिबद्धता गरे ।
सो सडक उद्घाटन कार्यक्रममा नेपाली काग्रँस चन्द्रपुर नगर समितिका सचिव निलहरी कोईराला,चन्द्रपुर नगर तरुण दलका सभापति गँगा लामा, संचारकर्मी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News