अपडेट 
२०७७ असार २१, आईतवार १०:२३

रौतहट– यस वर्ष चाँहिदो जति पानी पर्दा रौतहटमा समयमै रोपाइँ शुरु भएको छ । जिल्लामा असार मध्यमै २० प्रतिशत रोपाइँ भएको छ । यस वर्षको साउन महिनासम्ममा सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, रौतहटले जनाएको छ ।
गत वर्षहरुमा समयमै पानी नपर्दा किसानहरुको रोपाइँ ढिलो शुरु हुने गरेको थियो । यस वर्ष जिल्लामा ३८ हजार सात सय ५० हेक्टर जमिनमा धान रोपाइृ हुने अनुमान केन्द्रले गरेको छ । जिल्लामा जमिनको कुल क्षेत्रफल एक लाख १२ हजार छ सय हेक्टर रहेको छ । जसमध्ये ६५ हजार नौ सय ६९ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन रहेको छ । ३८ हजार सात सय ५० हेक्टरमा वर्खे धानबाली हुने गर्छ भने एक हजार हेक्टरमा चैते धानबाली रोप्ने गरिन्छ । यस वर्ष प्रति हेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको केन्द«ले जनाएको छ ।
केही खेतमा चैते धानसहित मकै बालीसमेत लगाउने गरेको कृषि ज्ञानकेन्द्र,रौतहटका योजना अधिकृत मिश्रिलाल यादवले जानकारी दिए ।
प्रदेश दुईमै रौतहटलाई धेरै धान उत्पादन गर्ने जिल्लाका रुपमा चिनिँदै आएको छ । जिल्लाका गरुडा,माधवनारायण,मौलापुर,चन्द्रपुरलगाएतका स्थानीय तहका क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिइएको छ ।
कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछि यसवर्ष काम गर्ने जनशक्तिसमेत गाउँमा रहेकाले धान उत्पादन वढ्ने अनुमान केन्द«ले गरेको छ । जिल्लामा किसानहरुले धेरैजसो रेश्मा, गोरखनाथ,लोकनाथ,हर्दिनाथ,हैदराबादी भारतीय तथा चिनिँया हाइब्रिड र लोकल प्रजातीका राधा चारलगाएतका धान लगाउने गरेका छन् ।
जिल्लामा हाल ३२ हजार दुई सय ७० हेक्टर जमिनमा पुर्णरुपमा सिंचाई सुविधा पुगेको छ भने १८ हजार छ सय ६२ हेक्टर जमिनमा आंशिक सिंचाई सुविधा ब्यवस्था रहेको छ । सबै ठाउँमा सिचाईँको पर्याप्त व्यवस्था नहुँदा किसानहरु आकाशे पानीमा निर्भर रहँदै आएका थिए । एकातिर गाउँमा धेरै जनशक्ति बिदेशिने क्रमले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र अर्कातिर धान उत्पादन भन्दा खरिदमा लागत सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि खेतीयोग्य जमिन बाँझो रहने गरेको चन्द्रपुरका स्थानीय किसान सिताराम घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News