अपडेट 
२०७७ असार २२, सोमबार १५:४५

काठमाडौं । बुटवलबाट साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । प्रदेश ५ प्रहरीको विशेष टोली (आरआईटी)को संक्रियतामा उनीहरु पक्राउ परेका हुन् ।

प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकका अनुसार बुटवल उप-महानगरपालिका १२, हरियाटोलबाट धनबहादुर दमाईंको खाली घरमा लुकाएको अवस्थामा चरेस फेला परेको हो ।

प्रहरीले चरेससहित गुल्मको मदाने गाउँपालिका ७ का २९ वर्षीय मेघराज गिरी र पूर्वीरुकुम सिस्‍ने गाउँपालिका ८ का ३५ वर्षीय रतिभान दमाईंलाई पक्राउ गरेको छ ।

डीआईजी धानुकले पछिल्लो समय आफूले आरआईटी समूहलाई सक्रिय बनाएको बताए । आरआईटी डीआईजीकै निर्देशनमा प्रदेशभर परिचान हुने प्रहरीको टिम हो ।

यस्तै बाँके राप्तीसोनारी गाउँपालिका १ बाट बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।

आरआईटीकै टोलीले ४६ को नवराज घर्ती मगरलाई आफ्नै घरको मकै बारीमा लुकाई राखिइएको टाटेपाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको ५ नम्बर प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदाबरले जानकारी दिए ।

उनका अनुसार आरआईटी र इप्रका कुसुमको सयुक्त टोलीले छालासहित मगरलाई पक्राउ गरेको हो ।

Comment


Related News

Latest News

Trending News