अपडेट 
२०७७ असार २४, बुधबार ०७:३०

जनकपुरधाम ।नेपाल प्रहरीमा स्वच्छ र इमान्दार छवि भएका अधिकृतको रुपमा परिचित अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) शैलेश थापा क्षत्री प्रहरी महानिरीक्षक(आईजीपी)मा बढुवा भएका छन् ।

मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले थापालाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीको सिफारिस गरेकोछ ।बुधवारदेखि आईजीपी ठाकुर प्रसाद ज्ञवालीले अनिवार्य अवकास पाउने भएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले आईजीपीमा नियुक्तीका लागि क्षत्रीको प्रस्ताव मन्त्रीपरिषदमा पेश गरेपछि स्वीकृत भएको मन्त्री रामेश्वर राय यादवले जनाए ।

२८औं आईजीपीको प्रतिष्पर्धामा एआईजी हरिबहादुर पाललाई पछिपार्दै थापा आईजीपी बनेका हुन् ।एआईजीपीमा बढुवा हुनु पूर्व डीआईजीको रुपमा पाल प्रदेश २को प्रहरी प्रमुखको रुपमा काम गरेका थिए ।

आईजीपीको दौडमा क्षत्री र पाल मात्र रहेकाले विगतको जस्तो अस्वस्थ्य प्रतिष्पर्धा समेत भएन् ।व्यवसायिक प्रतिष्ठा आर्जन गरेका दुवै जनाले सरकारी निर्णयलाई नै शिरोधार्यगर्दै जो भएपनि सहयोग गर्ने सहमति गरेको बताइन्छ ।

क्षत्री र पाल एकै दिन प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।क्षत्रीका पितापनि डीआईजीपीबाट अवकास प्राप्त गरेका हुन् ।

यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन ।गत माघ २८ गते प्रहरी महानिरीक्षक नियुक्त भएका ज्ञवालीले थोरै समय प्रहरीको नेतृत्व गर्ने मौका पाए ।

क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए। एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरे ।उनी माओवादी द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख थिए ।त्यसपछि उनी सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरे ।

विगतमा नेपालमा आईजीपी नियुक्तीमा अत्यन्त विवाद हुने गरेको थियो ।आईजीपी नियुक्तीमा हुने ‘लेनदेन’को विवादले प्रहरी संगठन र सरकार दुबै बदनाम बनेको थियो ।वरियतामा १ नम्बरमा रहेका क्षत्रीले राजधानी बाहिर काम गरेको अनुभव नरहेको कतिपय प्रहरी अधिकारीको कथन छ ।

नयाँ आईजीपीका लागि प्रमुख चुनौती भनेको संगठनको खस्किँदै गएको साख जोगाउनु हो ।देशमा नयाँ आईजीपी नियुक्त भएकै दिन सर्लाहीमा एक जना असई घुस सहित पक्राउ परेका छन् ।क्षत्रीका लागि प्रहरीको व्यवसायिक चरित्रलाई मर्यादित राख्ने चुनौतीकोपनि सामना गर्नुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News