अपडेट 
२०७७ असार २४, बुधबार ०७:३५

सर्लाही । प्रदेश २ मा कार्यरत एक जना प्रहरी कर्मचारी घूससहित पक्राउ परेका छन् ।

सर्लाहीको गौरीशंकरस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पछिल्लो एक बर्ष यता प्रदेश २ मा ८ जना प्रहरी घूसको रकमसहित पक्राउ परिसकेका छन् ।

प्रदेश प्रहरी प्रमुखको रुपमा आएपछि धिरजप्रताप साहले घूस लिने, तस्करसँग मिल्ने ७ जना प्रहरीलाई निलम्बन गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News