अपडेट 
२०७७ असार २५, बिहीबार ०९:०५

वीरगञ्ज । पर्सा जिल्लाको एउटा अस्पतालमा उपचारको लागि भर्ना भएकी वीरगंज ३१ इस्लामपुर बेल्वा निवासी एकजना महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले ३ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई वडा प्रहरी कार्यालय बिर्ताले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक निर्मल पनेरुले बताए ।

वीरगञ्जकै एउटा निजी अस्पतालमा १० दिन अगाडी जुम्ल्याहा छोरा जन्माएकी सो महिलालाई असार २३ गते बेलुकी ज्वरो आएपछि उपचारको लागि हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीद्वारा सञ्चालित अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आईसीयू कक्षमा भर्ना भएकी सो महिलालाई उनका आमाबुवासंग भेट्न समेत नदिई उपचारको बहानामा यौन दुव्र्यवहार गरेको पीडितका आफन्त नईम मियाँले आरोप लगाए ।

आईसीयूमा भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा ४ जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडितका आफन्तको छ । बिरामी महिलालाई मङगलबार राती खाना खुवाउन जाँदा आफूहरुलाई आईसीयू कक्षमा प्रवेश गर्न पनि नदिएको आफन्तले प्रहरीलाई जानकारी गराएका छन् ।

बुधबार बिहान बिरामीकी आमाले भेट्न जांदारुदै महिलाले आफ्नो पीडा सुनाएपछि सोे घटना सार्वजनिक भएको हो ।

यता अस्पतालका सञ्चालक डाक्टर रोशन अलीले आरोप प्रमाणित भइनसकेकोले अहिले केही भन्न नसकिने बताउंदै आईसीयू कक्षमा रहेकी बिरामी महिलालाई औषधीको कारणले भ्रम पनि उत्पन्न हुन सक्ने दावी गरे ।

‘घटनाको अनुसन्धान भइरहेकोछ’ प्रहरी निरिक्षक पनेरुले भने, पीडित र उनका आफ्न्तको वयानको अधारमा तीन जनालाई नियन्त्रणमा लिएकोछ ।नियन्त्रणमा रहेकाहरुसित पनि सोधपुछ भइरहेको उनले बताए ।अस्पताल प्रशासनलाई आरोपीतलाई पनि उपस्थित गराउन निर्देशन दिएको पनेरुले बताए ।

तर अस्पताल प्रशासनले महिलाको आरोप सत्य नभएको दावीगर्दै आएकोछ ।उपचारको क्रममा शरिरमा छोएको अस्पताल प्रशासनको दावी छ ।

Comment


Related News

Latest News

Trending News