अपडेट 
२०७७ असार २६, शुक्रबार ०८:५०

काठमाण्डु ।कोरोना भाइरस (कोभीड–१९)संक्रमितको संख्या डेढ महिनामा सबै भन्दा कम विहिवार दिउँसो सार्वजनिक गरिएको २४ घण्टाको तथ्यांक अनुसार १ सय ८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार जनाए अनुसार नेपालमा विहिवार दिउँसो सम्मको २४ घण्टामा थप १ सय ८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार जेठ १२ गते पछिको एक दिनमा पुष्टि भएको यो नै सबै भन्दा कम संख्या हो ।

यस अघि गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

थपिएको १ सय ८ कोरोना भाइरस संक्रमितसँगे देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

प्रवक्ता डा.गौतमका अनुसार संक्रमितहरु मध्ये हाल सम्म ७ हजार ८ सय ९१ जना निको भएका छन् ।कोरोना भाइरसबाट कुल ३५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकोछ ।

प्रवक्ता डा. गौतमका अनुसार विहिवार दिउँसो सम्मको २४ घण्टामा १ सय ३९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।हाल देशभरि ८ हजार ६ सय ५ जना आइसोलेशनमा रहेकाछन् । सक्रिय संक्रमितहरुलाई आइसोलेशनमा राखिने गरिएकोछ ।देशभरि हाल समम २४ हजार ४ सय २५ जना क्वारन्टीनमा रहेका छन् ।

मन्त्रालयले जनाए अनुसार विहिवार दिउँसो सम्मको २४ घण्टामा ४ हजार ५ सय ८८ स्वाबको पीसीआर बिधिबाट परीक्षण गरिएको हो ।योसँगै हाल सम्म २ लाख ७१ हजार १ सय ४५ स्वाब पीसीआर बिधिबाट परीक्षण गरिएकोछ ।

Comment


Related News

Latest News

Trending News