अपडेट 
२०७७ असार २७, शनिबार ११:५५

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा अस्ति मृत्यु भएको थियो।

मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले जानकारी दिएको छ। उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ।

कोरोना परिक्षणको रिपोर्ट हिजो शुक्रबार आएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। मृत्युको स्वाथ्य मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ ।

Comment


Related News

Latest News

Trending News