अपडेट 
२०७७ असार २९, सोमबार १३:४८

एजेन्सी – बलिउड महानायक अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चनलाई कोरोना पोजीटिभ रहेको पुष्टि भएसंगै बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए । अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भने भारतको सबैभन्दा ठूलो मनोरञ्जन उद्योग बलिउडका हस्तीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Comment


Related News

Latest News

Trending News