अपडेट 
२०७७ असार २९, सोमबार १४:४१

जनकपुरधाम : अबिरल बर्षाका कारण प्रदेश २ को बिभिन्न जिल्ला प्रभावित भएकाछन् ।बिभिन्न खोलामा आएको बाढी वस्तीमै पसेपछि कतिपय घर परिवार विस्थापित भएका छन् ।

बर्षाका कारण महोत्तरी सदरमुकाम जलेश्वरमा नगरपालिका कार्यालयसहित अधिकांस सरकारी कार्यालयमा पानी पसेकोछ । बाढीको पानीले साना पसलमा क्षति पु¥याएको छ ।भारी वर्षाको कारण महोत्तरीको मुख्य तीनवटा सडक अवरुद्व भएको छ । यी तीन वटै सडक रातु खोलाको बाढीले कटान भई अवरुद्व भएको महोत्तरीका प्रहरी प्रबक्ता डीएसपी प्रकाश बिष्टले बताए ।जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत जलेश्वर नगरपालिका १ माछा बजारमा १५ फिट बाटो कटान हुँदा सडक अबरुद्ध भएकोछ ।

त्यसैगरि वलवा नगरपालिका १ बञ्चौरीमा जनकपुर–वलवा हुलाकी सडक र महोत्तरी गाउँपालिका ३ मडैमा बाढीले बलबा नगरपालिका १ बन्चौरी स्थित जनकपुर–बलवा हुलाकी सडक खण्डको १२ फिट बाटो कटान हुँदा बाटो अबरुद्व भएको बिष्टले बताए । महोत्तरी गाउँपालिका ३ मडैमा बाढीले बाटो कटान गर्दा जलेश्वर–बर्दिबास भित्री सडक खण्ड अवरुद्व भएको उनले बताए ।

लगातारको बर्षाले सर्लाही सदरमुकाम मलगंवाका २७ घर डुबानमा परेको छ ।प्रहरीका अनुसार मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको हो । घर

डुबानमा परेपछि ती परिवारका १ सय ४७ जना घरबाट विस्थापित भएका छन् उनीहरु छिमेकीको घरमा बसिरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । लगातारको बर्षाले ईश्वरपुर नगरपालिका ९ बस्ने सिताराम महतोको खपडाले छाएको १ तल्ले घरमा पानी पस्दा घर भत्केको छ । घर भत्केपछि ७ जनाको उनको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।

लगातारको बर्षाले सप्तरी सदरमुकाम राजविराजको बिभिन्न सडक जलमग्न बनेको छ । अदालत रोड, सिरहा रोड, तेतरी गाछीसहितका सडकमा पानी पसेको छ । वडा नम्बर २ र ५ का धेरै व्यक्तिको घरमा पानी पसेको छ ।जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको पुरै वस्तीमा पानी पसेपछि करिब २ सय जनालाई गोबरगाढाकै विद्यालयमा राखिएको छ ।रौतहट जिल्लाको गौर नगरपालिका लगायत अधिकांश गाउँ र नगरपालिकाहरु बाढीको पानीबाट प्रभावित भएकाछन्

Comment


Related News

Latest News

Trending News