अपडेट 
२०७७ असार २९, सोमबार १७:०४

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण मुक्त भएर निको हुनेको संख्या १० हजार नाघेको छ । कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News