अपडेट 
२०७७ असार २९, सोमबार २०:०५

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टि भएकाहरु धनुषाका २७ जना र महोत्तरीका ४ जना रहेका छन ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा रहेका ३२ बर्षिय एकजना पुरुष, बटेश्वर गाउँपालिकास्थित क्वारेन्टाईनमा रहेका २० देखि ३२ बर्ष उमेर समुहका ४ जना पुरुष, शहिदनगर नगरपालिकास्थित क्वारेन्टाईनका ३० देखि ४५ बर्ष उमेर समुहका ८ जना पुरुष, कमला नगरपालिकास्थित मंगराहा क्वारेन्टाईनका १७ देखि ३४ बर्ष उमेर समुहका ३ जना पुरुष, धनौजी गाउँपालिकास्थित क्वारेन्टाईनका ४३ बर्षिय एक पुरुष, जनकनन्दनी गाउँपालिकास्थित क्वारेन्टाईनका २३ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुष र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित क्वारेन्टाईनका ३२ बर्षिय एक पुरुष रहेका छन् । त्यस्तै महोत्तरीको एकडारा गाउँपालिकास्थित क्वारेन्टाईनका १६ र ३५ बर्षिया दुई महिला र ८ तथा ४० बर्षिय दुई पुरुष समेत संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News