अपडेट 
२०७७ असार ३१, बुधबार ०७:५१

त्रेता युगकालिन भगवान रामको जन्मस्थलको विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति साधुसन्तहरुमा आक्रोशित बनेका छन् ।

त्रेता युगमा भगवान रामको सीतासित बिबाह भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।रामसीताको जन्मस्थलको विषयमा पनि रामायण लगायत कयौं धार्मिक ग्रन्थहरुमा उल्लेख रहेकोछ ।सीताको जन्म मिथिलामा भएको उल्लेख छ ।मिथिलाको राजधानी जनकपुरधाम रहेकाले सीताको जन्म जनकपुरधाममा भएको धार्मिक मान्यता छ । त्यसैगरि रामायणमामा भगवान रामको जन्मस्थलको विषयमा प्रष्ट रुपमा अयोध्या भनिएकोछ ।अयोध्यासँगै रामायण लगायतका धर्मग्रन्थहरुमा सरयुग नदीको विषयमापनि उल्लेखछ ।सरयुग नदीमा नै भगवान राम जलसमाधी लिएको उल्लेख गरिएकोले रामको जन्मभुमी अयोध्यामा रहेको विषयमा कुनै विवाद नरहेको महन्थहरु बताउँछन् । प्राचिन मिथिला नारायणी नदी भन्दा पूर्व, कोसी भन्दा पश्चिम, हिमाल भन्दा दक्षिण र गंगा भन्दा उत्तरको भूभाग हो ।

त्यसको केन्द्रजनकपुरधाम नै हो ।तर अहिले धेरै भूभाग भारतमा गइसकेको छ ।त्यस्तै नारायणी पश्चिमको भूभाग अवध हो ।अवधको केन्द्र अयोध्या हो ।अयोध्यामा भगवान रामको जन्म र राज्यसित जोडिएको कयौं अवशेषहरु अझै विद्यमान रहेको जानकी मन्दिरका महन्थ महामण्डलेश्वर रामतपेश्वर दास वैष्णव बताउँछन् । राम जन्म भुमी पर्सा जिल्ला अथवा चितवन जिल्लाको कुनै गाउँवस्ती, अवधपुरी अथवा जंगलमा भएको भन्नु ठूलो भ्रम फैलाउनु हो’ उनले भने, अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्त दूर्भाग्यपूर्ण रहेकोछ । अध्यात्म र संस्कृतिमा राजनीति छिराउनु जनस्तरमा सम्बन्ध बिगार्नु हो’महन्थ दासले भने, प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाई आहत बनाएकोछ । उनले हरेक वर्ष रामजानकी बिबाहमहोत्सवमा भारतको अयोध्याबाट ठूलो संख्यामा सन्तमहन्थ, श्रद्धालुहरुको जन्ती जनकपुरधाममा आउने गरेकोलाई प्रधानमन्त्री ओलीजीले बिर्सनु भएको जस्तो लागिरहेको बताए । रामजानकी बिबाहमहोत्सवमा नेपालको पर्सा अथवा चितवनको अवधपुरीबाट जन्ती आएको अथवा कुनै धर्मग्रन्थमा उल्लेख भएको म अहिले सम्म पढन पाएको छैन्’महन्थ दासले भने, अध्यात्मले राजनीतिलाई सहि बाटोमा डो¥याउन सक्छ, तर राजनीतिले नै अध्यात्मलाई डो¥याउने प्रयासगर्दा समस्या आएको हो ।

नेपाल र भारतबीचको ‘रोटी बेटी’ सम्बन्ध जनकपुरधाम र अयोध्याकै कारण स्थापित भएको उनले दावी गरे । प्रधानमन्त्री ओलीले हालै एउटा सार्वजनिक कार्यक्रममा भारतले सांस्कृतिक रुपमा समेत हस्तक्षेप गरेको आरोप लगाउँदै रामको जन्म नेपालमै भएको दावी गरे ।त्यो अभिव्यक्तिलाई लिएर दुवै देशका सन्तमहन्थहरु आक्रोशित बनेका छन् । रामको जन्म अयोध्यामा भएको हो, भारतमा होइन्’ उनले भने, अयोध्या त्रेतायुगकालि हो, जतिबेला मिथिला थियो । राममन्दिर जनकपुरधामका महन्थ राम गिरिले हरेक वर्ष अयोध्याबाट आउने जन्तीको अगुवाई आफूले गरेको सम्झदै भने, रामजानकी बिबाहमहोत्सवमा म राजा दशरथको भूमिका निर्वाह गर्छु र त्यो जन्ती अयोध्याबाट आउने गरेकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका आस्थावानहरुको भावनामा मात्र अघात पु¥याउनु भएको छैन्, उहाँको अभिव्यक्तिले सम्पूर्ण सनातन धर्मावलम्बीहरु मर्माहत भएका छन् ’ महन्थ गिरिले भने, प्रधानमन्त्री जस्तो सम्माननीय व्यक्तिले जथाभावी अभिव्यक्तिदिदा त्यसको असर नकारात्मक पर्न जानेछ । नेपाल र भारतबीच केहि समययता राजनीतिक सम्बन्धमा तिक्तता आउन थालेकोछ ।पछिल्लो पटक संशोधन सहित सार्वजनिक भएको नेपालको नक्सा, त्यस लगतै प्रधानमन्त्री ओलीले भारत आफूलाई हटाउन लागेको सम्बन्धमा दिएको अभिव्यक्ति र हालै उनले रामको जन्म सम्बन्धी दिएको अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको मान्न नसकिने प्राध्यापक अनिल साहले बताए । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई नियोजित रुपमा बिगार्न लागेका छन्’साहले भने, त्रेतायुगकालिन नेपाल र भारतबीचको सम्बन्धलाई प्रधानमन्त्री ओलीले नागरिकतामा अनेक व्यवधान सृजनागरि समेत बिगार्न चाहेका हुन् । समाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको चर्को आलोचना भइरहेकोछ ।

प्रधानमन्त्री ओली हास्य पात्र बनेको टिप्पणीहरु गर्न थालिएकोछ । प्रधानमन्त्रीको अभिव्यक्ति बिल्कुल गैरजिम्मेवार रहेको आरोप लगाउँदै सुन्दर सदनका महन्थ नवलकिसोर शरणले नेपाल र भारतका मात्र नभै करोडौ हिन्दूहरुको भावनामाथि चोट पु¥याएको आरोप लगाए । जनकपुरधाम र अयोध्याधाम हाम्रो आस्थाको केन्द्र हो ’उनले भने, यो दुई धार्मिक स्थानबीचका सम्बन्ध नेपाल र भारतको उदय हुनु भन्दा धेरै वर्ष पुरानो सम्बन्ध हो ।सम्बन्ध बिगार्ने अभिव्यक्तिप्रति हामी भत्सर्नागर्द छौ, उनले भने, प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)का प्रवक्ताले प्रधानमन्त्री ओलीको
अभिव्यक्तिप्रति दुख व्यक्त गरेकाछन् ।

Comment


Related News

Latest News

Trending News