अपडेट 
२०७७ असार ३१, बुधबार १३:००

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News