अपडेट 
२०७७ श्रावण १, बिहीबार १२:००

नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ । सुन प्रतितोला एक सय रूपैयाँले घटेर आज ९२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइ रेकर्ड बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News