अपडेट 
२०७७ श्रावण २, शुक्रबार १६:५३

नेपालमा पछिल्लो २४ घण्टामा एक सय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका २७ वटा प्रयोगशालामा भएको पिसिआर परीक्षणमा एक सय एक जनाको कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा दुई सय ८५ जना कोरोना मुक्त भइ डिस्चार्ज भएसँगै हालसम्म नेपालमा ११ हजार पाँच सय ३४ जनाले कोरोना जितिसकेका छन् ।

हाल ५ हजार ८ सय ७१ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । हाल देशभरका क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ जना रहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४० जनाको मृत्यु भइसकेको छ ।

पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

Comment


Related News

Latest News

Trending News