अपडेट 
२०७७ श्रावण ३, शनिबार ०८:४०

सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।

घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।जिल्ला प्रहरी सिरहाका अनुसार बम बिस्पोट भएको घटनास्थलमा टोलीले अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News