अपडेट 
२०७७ श्रावण ३, शनिबार १८:१५

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सप्तरीमा ४ र बारामा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ६८ पुगेको छ । संक्रमितमध्ये ३ हजार ९ सय ७४ पुरुष र २ सय ७४ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु कञ्चनरुप नगरपालिका वडा नम्बर–१ र ११ का २५ देखि ३७ वर्ष उमेर समुहका ३ जना पुरुष र राजविराज नगरपालिका वडा नम्बर–६ का ७२ वर्षीय एक वृद्ध रहेका छन् ।

त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१६ का ३७ वर्षीय एक पुरुष, कोल्हवी नगरपालिका वडा नम्बर–१ का २४ वर्षीय एक पुरुष र निजगढ नगरपालिका वडा नम्बर–९ की २४ वर्षीया एक महिला संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News