अपडेट 
२०७७ श्रावण ४, आईतवार ०७:१७

चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा जिल्ला भित्रै यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासंघले यातायात सञ्चालनको तयारी थालेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन । ”

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैंक सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनकर्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News