अपडेट 
२०७७ श्रावण ४, आईतवार ०८:३२

प्रहरीले लागूऔषध कारोबारीको साथबाट १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ । पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० बराबरको भारतीय नोट पनि भेटिएको छ ।लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीको साथमा नक्कली नोट बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News