अपडेट 
२०७७ श्रावण ४, आईतवार १०:२५

काठमाण्डौ–पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा कुन अभिनेता वा अभिनेत्रिको फिल्म दर्शकले बढि रुचाउछ भन्ने कुरालाई निमार्ता वा निर्देशकले मध्यनजर गरेर फिल्म बनाउदै आएका छन् ।
नेपाली फिल्म क्षेत्रका दुई–चार जना अभिनेता,अभिनेत्री,निमार्ता,निर्देशकको फिल्मले मात्र इन्ड्रस्ट्रि चलेको होईन । यहाँ दर्जनौ अभिनेता अभिनेत्रि आफ्नो बाबु,आमा एवं बाजेका कारण फिल्मी दुनियाँमा प्रवेश गरेका छन् । कोही भने आफनो कडा मेहेनेत परिश्रमले फिल्मी क्षेत्रमा प्रवेश गरेरे आज फिल्मी दुनियाँमा नाम कमाएका छन् । यस्ता धेरै उदाहरण मध्यका एक हुन् अभिनेता सविन श्रेष्ठ ।
काठमाडौको न्युरोडमा जन्मिएर ई.स. २००२ बाट आफ्नो करियर सुरु गरेका श्रेष्ठ पनि आज फिल्मी दुनियाँका अभिनेताका रुपले चर्चित छन् । इन्ड्रस्ट्रि«मा नयाँ अन्दाज सगैं चलचित्र अन्दाज बाट डेब्यु गरेका अभिनेता श्रेष्ठ हाल सम्म दुई दर्जन भन्दा वढी चलचित्रमा काम गरिसकेका छन् । सबिनको अन्दाज,हवल्दार सुन्तली,लुटेरा,भाग सानी भाग,लक्ष्य जस्ता कयौ चलचित्रहरु विभिन्न अवार्डका पात्र भएका छन् भने कयौं चलचित्रका कारण सविन देश विदेशमा समेत सम्मानित भएका छन् ।


ई.स २००२ बाट करियर सुरु गरेका सविन बाल्यकाल देखिने कलाकारीता क्षेत्रमा रुचि राख्थे । उनी युनिसेफ र नेपाल टेलिभिजनको संयुक्त लगानीमा क्याट्म्यान्डु टेलिफिल्ममा अभिनय गरेका थिए । टेलिसिरियल हुँदै म्युजिक भिडियो,विभिन्न सघं–सस्थाका बिज्ञापनहरु मार्फत कान्तिपुर टेलिभिजन बाट प्रशारित टेलिसिरियल घरबेटि वा र कलेज बाट अभिप्रेरित भई सविन आज नेपालका गहनाको रुपमा फिल्म ईन्ड्रिस्ट्रिमा जम्न पुगेका छ्न । सविन पछिल्लो समय नेपाली चलचित्र संगै भोजपुरी फिल्ममा समेत प्रवेश गरेर नाम कमाएका छन् । उनले अभिनय गरेका भोजपुरी फिल्म निरहुआ चलल लन्डनले समेत ईन्ड्रिस्ट्रिमा छुट्टै पहिचान दिलाएको छ ।
सविन नेपाली तथा भोजपुरी चलचित्रमा उदाहरणीय कामगरे संगैे युके, जापान थाइल्यान्ड,अन्ट्रेलिया लगायतका बिभिन्न देश–विदेशहरुमा समेत सम्मानित भएका छन् ।
हाल बिश्व महामारीको कारण सरकारले लगाएको लकडाउनले नेपाली फिल्म क्षेत्रमा निम्तिएको समस्या संगै सविनको बिभिन्न फिल्महरुको सुटिङ बन्द रहेको छ । लकडाउन खुलेसंगै उनको बिभिन्न चलचित्र,म्युजिक भिडियो लगायत बिभिन्न संस्थाका बिज्ञापनहरु दर्शकले हेर्न पाउने छन् ।
लकडाउनमा सविन काठमाण्डौकै एक जिम सेन्टरमा जिम गरेर आफ्नो दैनिकी बिताउदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News