अपडेट 
२०७७ श्रावण ४, आईतवार १९:१४

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार सप्तरीमा २८ जना, सर्लाहीमा २८ जना, पर्सामा ७ जना, रौतहटमा २ जना, धनुषामा २ जना, बारामा १ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु खडक नगरपालिका वडा नम्बर–१, ३, ६ र ८ का २५ देखि ५० बर्ष उमेर समुहका ६ जना पुरुष, सुरुङ्गा नगरपालिका वडा नम्बर–१, २, ३ र १० का २३ देखि ४५ बर्ष उमेर समुहका ७ जना पुरुष, बलान बिहुल गाउँपालिका वडा नम्बर–३ र ४ का ६ र २३ बर्षिया दुई जना महिला तथा उमेर नखुलेको एकजना र ३३ बर्षिय एक पुरुष रहेका छन् भने छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ र ५ का ११ र २८ बर्षिया दुई महिला तथा ९ देखि ३१ बर्ष उमेर समुहका ३ जना पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१४ का ३१ बर्षिय एक पुरुष र राजविराज नगरपालिका वडा नम्बर–६ का ११ देखि ६७ बर्ष उमेर समुहका ३ जना महिला एवं १७ र ४५ बर्षिय दुईजना पुरुष रहेका छन् ।

त्यस्तै सर्लाहीको लालबंदी नगरपालिका वडा नम्बर–१ का २२ र २६ बर्षिय दुईजना पुरुष, बरहथवा नगरपालिकाका ३ देखि ६० बर्ष उमेर समुहका ६ जना महिला र ११ देखि ८४ बर्ष उमेर समुहका १६ जना पुरुष, विष्णु गाउँपालिकाकी ४६ बर्षिया एक महिला र २४ बर्षिय एक पुरुष तथा ठेगाना खुल्न नसकेकी ३४ बर्षिया एक महिला र १ बर्षिय एक बालक समेत संक्रमित भएका छन् ।

पर्साको त्रिजुद्ध क्वारेनटाईनमा रहेका २६ बर्षिय एक पुरुष, नेशनल मेडिकल कलेजमा रहेका २६ बर्षिय एक पुरुष, धबराहा बदनिहार क्वारेन्टाईन पर्सागढीका २३ बर्षिय एक पुरुष, जगरनाथपुर गाउँपालिका–५ स्थित क्वारेन्टाईनमा रहेका २८ बर्षिया एक महिला र वीरगञ्ज महानगरपालिका–९ का ३२ देखि ४१ बर्ष उमेर समुहका ३ जना पुरुष संक्रमित भएका छन् ।

रौतहटको गरुडा नगरपालिका–८ का १७ बर्षिय दुईजना पुरुष समेत संक्रमित भएका छन् भने सिरहाको लहान नगरपालिका–१३ का २५ बर्षिय एक पुरुष, बाराको करैयामाई नगरपालिका–८ का ४० बर्षिय एक पुरुष र धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया क्वारेन्टाईनका ४५ र ७० बर्षिय दुईजना पुरुष संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News