अपडेट 
२०७७ श्रावण ६, मंगलवार ०६:१९

सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ ।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

सोमबारको बाढीले बाजुरा र पृथ्वी राजमार्गको चितवन–धादिङ जोड्ने पक्की पुल बगाएको छ । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आवत–जावत बन्द भएको छ ।  पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी काठमाडौं आवतजावत ठप्प भएको छ । मुग्लिन नारायणघाट सडखण्ड अन्तर्गत चार किलो, धादिङको गजुरी, गल्छी र  बेनीघाटमा पहिरोले सडक अवरुद्ध भएको छ । बिपी राममार्गस्थित सिन्धुलीको नेपालथोक नकिजै कमेरेमा पहिरो खसेर सड्क अवरुद्ध भएको छ । 

‘काठमाडौं–हेटौंडा सडक खण्डको सिस्नेरीतर्फ हेभी सवारीसाधन र सुकेरामा सडक अवरुद्ध छ’ प्रहरी प्रवक्ता शाहीले भने–‘फर्पिङतर्फको फाखेल सडक पनि अवरुद्ध भएको छ ।’ तनहुँको डुम्रेबाट लमजुङ तर्फ जाने सडकखण्डको रमाइलो डाँडामा पहिरो खसेर सडक अबरुद्ध भएको छ । लमजुबाट मनाङतर्फ जाने सडक र रसुवाको स्याफ्रबेसी–टिमुरे पासाङल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News