अपडेट 
२०७७ श्रावण ६, मंगलवार १२:०९

पूर्वी पहाडमा जारी अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सीमामा बस्ने स्थानीयलाई स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ ।नदीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको मंगलबार बिहान गरिएको मापनले देखाएको छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको मात्रा बढ्दै गएपछि बाँध भत्काउने र पानी ओभरफ्लो भएर बस्तीमा पस्ने खतरा हुन्छ । पानीको सतह घटेकाले मंगलबार दिउँसोबाट ब्यारेजमा पानीको बहाव घट्ने अनुमान गरिएको छ । छिमेकी मुलुक चीनको केरुङ च्छो ताल फुट्ने चेतावनीसँगै सुनसरी र सप्तरी पर्ने कोशी किनारमा समेत त्रास बढेको छ । केरुङ च्छो ताल फुटेपछि भोटेकोसीमा मिसिने तालको पानी सप्तकोशी नदीमा मिसिने भएकोले यहाँका स्थानीयमा डर उत्पन्न भएको छ ।

Comment


Related News

Latest News

Trending News