अपडेट 
२०७७ श्रावण ६, मंगलवार १६:५४

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप एक सय ५० जनामा कोरोना देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मंगलबार एकैदिन ६ सय ९ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै नेपालमा कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १२ हजा चार सय ७७ पुगेको छ ।

देशमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ७७ छ । हाल देशभरका सात जिल्ला कोरोनामूक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ४० जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News