अपडेट 
२०७७ श्रावण ७, बुधबार ०७:०१

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन सुरु गर्ने भनिएको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन) र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News