अपडेट 
२०७७ श्रावण ७, बुधबार ०८:१८

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ पुगेको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै आएका महोत्तरीका एक वृद्धको मंगलबार राति मृत्यु भएको हो ।

महोत्तरीका ६० वर्षीय शशि भुषण झाको सात दिन अगाडी मात्र कोरोना पुष्टि भएको थियो । पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापन र दाहसंस्कारका लागि आवश्यक तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News