अपडेट 
२०७७ श्रावण ७, बुधबार ०८:५६

आज बुधबारबाट त्रिभुवन विश्वविद्यालय मातहतका सबैक्याम्पसहरु खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो। मंगलबार सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे लगतै विश्वविद्यालयले आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

भदौँबाट ७ बाट स्थगित परीक्षा शुरु हुने
यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय भएको त्रिविका रजिष्ट्रार प्रा। पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दशै अघि सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

Comment


Related News

Latest News

Trending News