अपडेट 
२०७७ श्रावण ७, बुधबार १२:१८

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा गर्नु पर्ने मांगका साथ, जनकपुरधामका यूवाहरु प्रदर्शनमा उत्रेका छन ।


बुधवार जनकपुरधामका युवाहरु कदम चौकमा स्व. इन्जिनियर सतिश कुमार गोईतको मृत्यु सरकारको लापरवाहीका कारण भएको आरोप लगाउँदै, बिभिन्न नाराका साथ पिडीत परिवारलाई उचीत क्षतीपूर्ती र घटनाको छानबिन हुनु पर्ने मांग राख्दै बिरोध प्रदर्शण गरेका छन । प्रदर्शणमा उत्रेका विद्यार्थी यूवाहरुले खानेपानी मन्त्री विना मगरले राजीनामा दिनु पर्ने मांग समेत राखेका छन । केहि दिन पहिला जनकपुरधामका यूवा विद्यार्थीहरुले इन्जिनियर सतिश कुमार गोईतलाई सहित घोषणा गर्नु पर्ने र घटनाको छानबिन हुनु पर्ने मांगका साथ धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । प्रदर्शण गरिरहेको क्रममा स्थानीय प्रसाशनले प्रदर्शण हस्तक्षेप गर्दै केहि यूवाहरुलाई नियन्त्रणमा लिने कोशिस गरेका थिए ।

Comment


Related News

Latest News

Trending News